काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाहरूले विरोधसमेत गरिरहेका छन्। निजी सम्पत्तिमा महानगरले क्षति र्पुयाएको भन्दै आन्दोलन भइरहेको छ।

