माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। स्थायी समिति बैठक रोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहिबेर अघिदेखि पदाधिकारी बैठक सुरु भएको हो।

पार्टीको सांगठनिक योजना र कार्यविभाजन सम्बन्धी योजनासमेत ल्याउने बताइएको छ। त्यस्तै, बैठकले राष्ट्रपति चयनबारे पार्टीको धारणासहित विविध विषयमा निर्णय लिइने बताइएको छ। माओवादीको बैठकमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएको छन्।

आजको बैठकमा गृह मन्त्रालयबारे पनि छलफल हुने बुझिएको छ। यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भए पनि रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो। नागरिकता अवैध ठहर भएसँगै लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी गुमाएका थिए।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले पुनः गृहमन्त्रीको दाबी गरेका छन्। माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय