धनुषा। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर छ जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका सात जनामध्ये छ जना गए राति फरार भएका हुन्।
फरार हुनेमा दुई जना हातहतियार, तीन जना शान्ति सुरक्षा र अभद्रव्यवहार, तथा एक जना लागुऔषध मुद्दामा थुनुवा रहेका धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।
हिरासतमा एक जना सवारी दुर्घटनाको मुद्दाका थुनुवा मात्र बाँकी छन्। इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको क्षेत्रीको भनाइ छ।

