अमेरिकी उपमन्त्रीले गरिन् राजनीतिक भेटवार्ता

काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रैस सभापति शेर बहादुर देउवासँग आज सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

नेपालको दुई दिने भ्रमणमा हिजो आइतबार नेपाल आएकी उपमन्त्री भिक्टोरियाले आजै शीर्षस्थ नेताहरुसँग भेट गर्नुभएको हो । एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा ओली र नुल्यान्डबीच भेटवार्ता भएको हो ।

उक्त अवसरमा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको संसदीय दलका एक अधिकारीले जानकारी दिनुभयो । नुल्यान्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसक्नुभएको छ ।

यस्तै आज नै परराष्ट्रमन्त्री विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय