राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ ।

सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्यमा सरकारले नियुक्त गरेको हो ।

सरकारकी प्रवक्ता रेखा शर्माले आज बसेको मन्त्रिपरिषद बैठकले उहाँहरुलाई योजना आयोगको सदस्य नियुक्त गरेको जानकारी दिनुभयो ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय