एजेन्सी । पाकिस्तानको पेशावर शहरको एक मस्जिदमा भएको आक्रमणमा परेर मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ । १५० भन्दा धेरै घाइते भएका छन् ।
३ सयदेखि ४ सयको हाराहारीमा प्रहरी रहेको ठाउँमा आक्रमण भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । तर पाकिस्तानी तालिवानले आक्रमण गरेको अनुमान गरिएको छ ।