माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । माओवादी केन्द्र को पदाधिकारी बैठक आज (मंगलबार) पनि बस्दैछ ।

सोमबारबाट सुरू भएको पदाधिकारी बैठक मंगलबार पनि बस्न लागेको हो । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय