नेकपा एसले देशको आर्थिक सङ्कटबारे बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

आज बिहान अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको हो ।

चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाएको जनाएको छ ।

मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको र गत मंसिरसम्मको तथ्यांक अनुसार राजस्व उठ्ती २०.७ प्रतिशतले नकारात्मक भएको पार्टीले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय