प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । आज (मंगलबार) बिहान लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमेपछि लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् । पार्टीले आधिकारिकरुपमा गृहमन्त्री फेरि पाउनुपर्ने दाबी पेस गरेको छ ।

यता, राहदानी दुरुपयोगको विषय अनुसन्धानमा नै रहेको बेला लामिछानेले तालुकदार मन्त्रालयमा फर्कन आशक्ति देखाएको भन्दै आलोचनासमेत भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय