अफगानिस्तानमा चिसोले कठ्याङग्रीएर एक महिनामा १६८ जनाको मृत्यु

एजेन्सी । चिसोले कठ्याङ्ग्रिएर गत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ ।

अफगानस्थानको विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदका अनुसार देशका विभिन्न २४ प्रान्तमा चिसाका कारण १६८ जनाको मृत्यु भएको हो ।

विपद् व्यवस्थापन अधिकारी जाहिदले त्यहाँ सयौं घरहरू भत्किएको र करिब ८० हजार गाईवस्तुको मृत्यु भएको समेत बताउनु भएको छ । अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन् । साथै मानवीय सहयोगको आवश्यकता रहेको समेत उल्लेख गरेको छ ।

अफगानिस्तानको ३ करोड ८० लाख जनसङ्ख्याको लगभग ५० प्रतिशत जनतालाई सहायता र यस शीतकालीन समयमा थप सहयोगको खाँचो रहेको उउल्लेख गरेको छ । यसैगरी मुलुकमा झण्डै ४० लाख बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय