प्रधानमन्त्री र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

आज बुधबार बिहान प्रधानमन्त्री निवासमा प्रचण्ड र लिङदेनबीच भेटवार्ता भएको हो । आजै प्रचण्डको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको हो।

आजको भेटमा नागरिकता विवादमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउने नबनाउने विषयमा छलपल भएको बुझिएको छ । यस्तै राष्ट्रिपति निर्वाचनका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय