काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ।
सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएपछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो। पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए।