रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसद्मा

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा बैठकमा गराउनुभएको छ ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ । लामिछाने गत चुनावमा चितवन –२ बाट निर्वाचित हुनुभएको थियो । सभामुख घिमिरेले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् ।

सांसद पद रिक्त रहेको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ मा पनि छ । संवैधानिक र कानुनी व्यवस्था अनुसार सभामुख घिमिरेले लामिछानेको पद रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् ।

चितवन – २ बाट निर्वाचित सांसदको पद गुमेसँगै निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने हुन्छ । ६ महिना भन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएका उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय