काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन्। दुबईबाट जहाजमा आएका यूएई मूलका क्यानडेली नाथगरिक मोहमद कमल मोहगोबलाई सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।
विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार उनले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुटजस्तै बनाएर सुन भित्र्याउन खोजेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

