काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ।
पार्टी महासचिव देव गुरुङका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ४ बजे बैठक बस्ने छ। बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने उनले बताए।
राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि छलफल हुने नेताहरुले बताएका छन्। यसअघि बुधबार बस्ने भनेको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो।

