काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएको छ। रास्वपाले आज पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा दिउँसो ३ बजे बस्ने गरेर संयुक्त बैठक बोलाएको हो ।
नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएको छ ।
सभापति लामिछानेले समेत आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहनुभएको छ । तर प्रधानमन्त्री प्रचण्डले नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवाद पनि रहेकाले गृह मन्त्रालय दिन नसक्ने सन्देश रविलाई दिनुभएको छ ।
तर रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको छ । गृह मन्त्रालयमा रविबाहेक पार्टीकै अर्को व्यक्ति पठाउनुपर्ने आवाज पनि रास्वपाभित्र झिनो रुपमा उठेको छ । आजको बैठकमा यी सबै विषयमा छलफल हुने छ ।

