सत्ता गठबन्धन कायमै रहने प्रचण्डको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले समर्थन फिर्ता लिन लागेको हो रु भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘मैले बुझेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन ।’

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ । उक्त बैठकले सरकारमा रहिरहने वा छाड्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय