स्पेनिस लिग फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई हरायो

एजेन्सी । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई हराएको छ । बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० ले हराएको हो ।

आफ्नै मैदानमा भएको खेलमा रियललाई विजयी गराउन मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे ।

खेलको ५२ औं मिनेटमा असेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि ५४ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई २–० को जित दिलाए ।

जितसँगै रियलले लिग तालिकामा शिर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाएको छ । लिगमा बार्सिलोनाको १९ खेलबाट ५० अंक छ भने रियलको ४५ अंक भएको छ । ३९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा रहेको छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय