काठमाडौं। लुम्बिनी प्रदेश सभाको बैठक शुक्रबार बस्दैछ।
प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक आज शुक्रबार दिउँसो १ बजे बस्न लागेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका थिए।

