काठमाडौं । चितवनका किसानले तरकार बिक्री नभएपछि सडकमा फालेर आन्दोलन गरेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानहरुले नारायणघाटको पुल्चोकमा सडकमा तरकारी फालेर आनदोलन गरेका हुन् ।
भारतीय उत्पादनले नेपाली बजार ओगट्दा आफूहरू मारमा परेको गुनासो गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
भारतबाट अवैध रुपमा भित्रिने तरकारीका कारण स्थानीय उत्पादले बजार भाउ पाउन सकेको छैन भने प्रशासनले अवैध तरकारी भित्रिन नदिन यथेष्ट पहल गर्न नसकेको आरोप विरोध प्रदर्शनमा उत्रिएका किसानहरुले लगाएका छन् ।
भरतपुर महानगर १६ कि किसान धनु अधिकारीले भारतको तरकारी भित्र्याएर सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाउादै आफूहरूको समस्यामा सरकार मुकदर्शक भएकोले तराकारी फालेर विरोध गरेको बताउनुभयो ।
पुल्चोकमा गोलभेडा,काउली,बन्दा ,फर्सी ,सिमी ,गाँजरलगायत तरकारी फालेर विरोध गरेका थिए । सडकमा तरकारी फालेपछि केहीबेर सडक अवरुद्ध भएको थियो ।

