माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न मन्त्री श्रेष्ठ एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुग्नुभएको हो ।भेटमा एकीकृत समाजवादीका वार्ता टोली सदस्यहरु पनि सहभागि थिए ।

यसअघि हिजो समाजवादीका नेता डा.विजय पौडेल माओवादी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो, सत्ता गठबन्धनमा खटपट भइरहेका बेला दुई पार्टी बीचको संवाद र भेटवार्ता बाक्लिएको छ ।

यी दुवै भेट पार्टी एकता र सरकारसँग सम्बन्धित रहेको नेताहरुले बताएका छन् । माओवादी केन्द्र र नेकपा एकीकृतबीच पार्टी एकताको गृहकार्य भएपनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय