नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एकीकृत समाजवादीको सचिवालयका अनुसार बैठक शनिबार बिहान ११ बजे ललितपुरको बालकुमारीमा बस्न लागेको हो ।

बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

पार्टीले राजनीतिक प्रतिवेदन तयार गरेको भन्दै यस विषयमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय