कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा हुने भएपनि दिउँसो हिमाली जिल्लाका केही भागमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । उल्लेखनीय कुनै मौसमी प्रणाली नहुँदा अरु स्थानको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

दिउँसो भने प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर