विपक्षी गठबन्धनको बैठक जारी

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक सिंहदरबारमा जारी छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक बसिरहेको हो।

राष्ट्रिय सभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा कांग्रेसले आफू नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बोलाएको हो। बैठकमा नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको उपस्थिति रहेको छ।

लामो समयदेखि रिक्त रहेको राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन सोमबार गर्ने संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको छ।

तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन। सत्तारुढ दलले पनि यसबारेमा निर्णय लिइसकेका छैन।बैठकमा लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे पनि छलफल हुने नेताहरुले बताएका छन्। विपक्षी मोर्चाको बैठकमा सत्ता गठबन्धनमा देखिएको खटपट र पूर्ववत गठबन्धन ब्युँताउने विषयमा छलफल हुने नेताहरुको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर