पवन ओलीको ‘डाली लपक्कै’ मा पुष्प र गरिमा (भिडियोसहित)

काठमाडौँ । लोक तथा दोहोरी गायक पवन ओलीको ‘डाली लपक्कै’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा ओलीसँगै गायिका शान्तीश्री परियारको स्वर रहेको छ ।

लोकदोहोरी क्षेत्रमा निकै अब्बल र चर्चित गायक ओली केहि वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ । गीतमा गायक स्वयम् पवन ओलीको शब्द तथा सङ्गीत रहेको रहेको छ भने गीतलाई आशिष अविरलले एरेन्ज गर्नुभएको छ । गायक ओलीका यस अघिका बुटवल बसपार्क ,धानै कुट्ने ढिकी ,माछी बस्यो, खोलीमा पानी लगायतका गीतहरू चर्चित रहेका छन् ।

मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। नवराज उप्रेतीले खिचेको म्युजिक भिडियोमा विमला तामाङको मेकअप र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय