एमालेको केन्द्रीय कमिटी बैठक माघ २९ देखि सुरु हुने

काठमाडौं । पछिल्लो राजनितिक घटनाक्रमबारे छलफल गर्न नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

माघ २९ गतेदेखि फागुन १ गतेसम्म तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेगरी बैठक डाकिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनितिको विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

त्यस्तै गत मङ्रिस चार गते भएको निर्वाचन र त्यसमा पार्टीले प्राप्त गरेको परिणामको विषयलाई पनि छलफलको एजेण्डा बनाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय