पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको निधन

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ मुशर्रफको आज दुबईस्थित एक अमेरिकी अस्पतालमा निधन भएको युनाइटेड अरब इमिरेट्स (यूएई)का सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुशर्रफ लामो समयदेखि ‘अमाइलाइडोसिस’ नामक रोगबाट ग्रस्त हुनुहुन्छ ।

उहाँ सन् २०१६ देखि दुबईमा बस्दै आउनुभएको थियो । हिँड्न समेत नसक्ने स्थितिमा रहेका उहाँलाई गत वर्षको जुनमा अस्पताल भर्ना गरिएको थियो । मुशर्रफको जन्म सन् १९४३ अगस्ट ११ मा दिल्लीमा भएको थियो ।

भारत–पाकिस्तानको विभाजन हुनु केही दिनअघि मात्र उहाँको परिवार पाकिस्तानी क्षेत्रमा सरेको थियो । बेलायतबाट स्वतन्त्र भएपछि उहाँका बुवा सइदले पाकिस्तान सरकारको विदेश मन्त्रालयमा रहेर काम गर्नुभएको थियो । मुशर्रफलाई सन् २०१४ मा पाकिस्तानी अदालतले २००७ को नोभेम्बरदेखि डिसेम्बरको मध्यसम्म संविधान निलम्बन गरेको अभियोगमा फाँसीको सजाय सुनाएको थियो ।

मुशर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानको सत्ता चलाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय