टर्की भूकम्पमा मेत्यु हुनेको संख्या ५ सय नाघ्यो

काठमाडौं। टर्कीमा आज बिहान गएको भूकम्पमा परी ज्‍यान गुमाउनेको संख्या ५ सय नाघेको छ। दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू भागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५ सय नाधेको हो।

टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले टर्कीमा मात्रै २८४ जनाले र सिरियामा २३० जनाभन्दा बढीको मृत्यु जनाएका छन् ।सिरियाली स्वास्थ्य मन्त्रालयले पनि भूकम्पबाट अलेप्पो,लटाकाइ,हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ।

भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको छ। टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन्। यसअघि सन् १९९९ मा देशको उत्तर पश्चिममा गएको शक्तिशाली भूकम्पमा परी १७ हजार मानिसको ज्यान गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय