रास्वपाका मन्त्रीको राजीनामा स्वीकृत, जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साथै राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकिदिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार सरकारी निवास वालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय