विवाह बन्धनमा बाधिँए ‘शेर शाह’ जोडी सिद्धार्थ ​​र कियारा

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाधिँएका छन् ।उनिहरुको विवाह हिजो मंगलबार भारतको राजस्थानको जैसलमेरमा रहेको सुर्यगढ प्यालेसमा सम्पन्न भएको छ । उनीहरूले विवाहका तस्बिरहरू सामािजक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

कियारा सिद्धार्थले साँझ ६ः ३० बजे जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा प्यालेसमा विवाह गरे । भारतीय सञ्चार माध्यमहरुका अनुसार शाही विवाहका लागि होटलको मण्डपलाई विदेशी फूलले सजाइएको थियो ।

बिहेपछि रिसेप्शन पनि भयो र राति अबेरसम्म दुवैको विवाहको तस्बिर बाहिर आएको थियो । जबकि कियाराले इन्स्टामा लेखेकी छिन्– ‘अब हाम्रो संधैको लागि स्थायी बुकिङ भयो ।’

कियारा र सिद्धार्थ विगत ३ वर्षदेखि एकअर्काको प्रेममा छन् । दुवैको प्रेमकथा फिल्म ‘शेर शाह’को सेटबाट सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय