काठमाडौं । नेपाली कांग्रेसका नेता कर्मा घलेको निधन भएको छ । पूर्वसांसद घलेको ५९ वर्षको उमेरमा हिजो निधन भएको हो ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको पार्टीले जनाएको छ । उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति निकाल्दै घलेको निधनले कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

