उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने

काठमाडौं ।सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बिहान भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउने सहमति भएको हो।

प्रधानमन्त्री प्रचण्डले बालकोटबाट बाहिरिने क्रममा ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्र्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ। सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ। सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौं, उहाँले भन्नुभयो ।

भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने अडान राखेको ओलीको सचिवालयले जनाएको छ। ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर