काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले माओवादी पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन भन्दै नेत्री अर्यालले माओवादीको सम्पूर्ण जिम्मेवारी त्याग्नुभएको हो । अर्यालले आज एक विज्ञप्ति जारी गर्दै गर्दै आँफुले राजिनामा दिएको जानकारी गराउनुएको हो।
उहाँले जारी गरेको विज्ञप्तिमा,ुराष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछुुभन्ने उल्लेख गर्नुभएको छ ।
अर्याल यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यको रुपमा हुनुहुन्थ्यो । उहाँ गत सोमबार सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

