राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित
काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभएको हो।
दसौंदीले ४ हजार २६ मतभार पाउनुभयो भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाउनुभयो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार(आज) नै उपनिर्वाचन भएको थियो ।
राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य  र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय