काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर टोलीका सदस्य सन्दीप लामिछानेलाई विदेश भ्रमणमा रोक लगाउन काठमाडौं जिल्ला अदालतले गृह मन्त्रालयमा परिपत्र गरेको छ ।
सन्दिपलाई विदेश जान वञ्चित गर्नेगरी राहदानी रोक्का राख्न भन्दै गृहमन्त्रालयलाई परिपत्र गरिएको हो । उच्च अदालत पाटनको गत पुस २९ गतेको आदेशअनुसार लामिछानेको राहदानी रोक्न अदालतले लेखेको पत्र गत माघ २५ गते गृह मन्त्रालयमा दर्ता भएको छ । जसमा लामिछानेको बिए ०००७०४२ नम्बरको राहदानी रोक्का राख्न भनिएको छ ।
अदालतको पत्र अनुसार लामिछाने देश छाडेर बाहिर जान रोक लाग्ने छ । नावालिका बलात्कार अभियोग लागेका क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।
मुद्धाको अन्तिम सुनुवाई नभएपनि नेपाल क्रिकेट सङ्घ क्यानले लामिछानेमाथीको प्रतिवन्ध फुकुवा गरी राष्ट्रिय टोलीमा समावेश गराएको छ ।

