काठमाडौं । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ गर्न निजीलाई जिम्मा दिने निर्णय भएको छ । जनक शिक्षा सामग्री केन्द्रले समयमै पाठ्यपुस्तक छाप्न नसक्ने देखिएपछि निजीलाई जिम्मा दिने निर्णय भएको हो ।
चालु शैक्षिक सत्रमा पाठ्यपुस्तकको समयमा नै विद्यार्थीको हातमा नपुगेको देखिएपछि शिक्षा मन्त्रालयले आगामी वर्षका लागि निजी क्षेत्रलाई पनि पाठ्यपुस्तक छाप्न दिने निर्णय गरेको छ ।
जनक शिक्षाले समयमै पुस्तक छपाइ र बिक्रीवितरण गर्न नसकेपछि सरकारले निजी क्षेत्रलाई पनि कक्षा १ देखि ५ सम्मको पुस्तक छाप्न जिम्मा दिने निर्णय गरेको हो । सरकारले कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८० का लागि कक्षा १–५ को ‘पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्री छपाइ तथा बिक्रीवितरणसम्बन्धी नवीकरण प्रस्ताव–२०७९’ आह्वान गरिसकेको छ

