काठमाडौं । नेपाल, साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलको उपविजेतामा सिमित भएको छ ।
हिजो साँझ भएको फाइनलमा आयोजक बङगलादेशसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा सिमित भएको हो । बङ्गलादेश भने अपराजित रहदै च्याम्पियन बनेको छ । लिग चरणमा समेत नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।