सुनको मूल्य आज तोलामा १३ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाण्डाै – सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।

चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर