काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेसम्म सत्तामा बसेका नेताहरुबाट मुलुक नबन्ने ठोकुवा गर्नुभएको छ ।
विवेकशील साझा पार्टीको प्रथम अधिवेशनलाई शुभकामना मन्तव्य व्यक्त गर्दै नेता भण्डारीले आज यस्तो बताउनुभएको हो ।
उहाँले नेपालको राजनीतिमा समयअनुसारका मुद्दा उठाउन नसकेको स्वीकार्दै त्यसकारण अहिलेसम्म देश बनाउने अधिकार पाएका नेताहरुलाई विदाई गर्न जरुरी रहेको पनि बताउनुभयो ।
‘हामीले समयअनुसारका मुद्दा उठाउन सकेनौं त्यसकारण अब अहिलेसम्म प्राप्त व्यक्तिहरु, जसले अधिकार प्राप्त गर्नुभयो, मुलुक बनाउने जिम्मा लिनुभयो उहाँहरुबाट मुलुक बन्दैन र उहाँहरुलाई विदा नगरी मुलुक अघि पनि बढ्दैन’, भण्डारीको भनाइ छ ।
हरेक पार्टीमा त्यसका लागि लडाई गर्न जरुरी रहेको भन्दै उहाँले अहिलेका नेताबाट मुलुक बन्दैन भनेर आफ्नै पार्टीमा पनि भनिसकेको बताउनुभयो ।

