काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण सांसदलाई आज शीतल निवासमा बोलाउनुभएको छ । आज दिउँसो ३ बजेका लागि सांसदलाई शीतल निवास बोलाइएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति सांसदहरूलाई डाकेको उहाँले बताउनुभयो ।
सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाउनुभएको हो ।
भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ ।

