जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको छ : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताए।उनले यस्ता व्यक्ति नेपालीका शत्रु रहेको उल्लेख गर्दै यिनीहरूले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए। उनले जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको बताए। उनले लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय