कोरोना विरूद्धको बुस्टर मात्रा खोप फागुन १ गते ल्याईदै

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप अर्थात बुस्टर मात्रा खोप आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालमा अनुसार १५ लाख मात्रा खोप तीनपटक गरी नेपाल भित्राइने भएको छ ।

उहाका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप गते खोप ल्याईने छ ।

तेस्रो पटकको मिति भने अझै तोकिएको छैन । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ लार्य ३० लाख मात्रा खोप माग गरेको हो। पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उहाले बताउनुभयो ।

गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर