रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो । सम्भवतः यही बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ ।

यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर नागरिकता विवादका कारण अदालतले सांसदबाट पदबाट निलम्बित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय