काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउनुभएको छ । दुई दिने नेपाल भ्रमणमा उहाँ आज (सोमवार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुग्नुभएको हो ।
उहाँलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायतको उपस्थिति थियो ।
सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका उहाँले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुनेछ । सोमवार र मंगलवार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

