एमसी स्टानले जिते बिग बोस सिजन १६ को उपाधि

एजेन्सी । भारतीय रियालिटी शो बिग बोस सिजन १६ को उपाधि र्‍यापर एमसी स्टानले जितेका छन्। आइतबार भएको ग्राण्ड फिनालेमा उनले प्रतिस्पर्धी शिव ठाकरेलाई पछि पार्दै उपाधि जितेका हुन्।

उनले बिग बोसको ट्रफीसहित नगद ३१ लाख भारू र एउटा कार पुरस्कार हात पारेका छन्। बिग बोसको विजेता बनेसँगै एमसी स्टानले एक र्‍याप गीत गाएका थिए।

बिग बोस १६ को फिनालेमा पाँच प्रतिस्पर्धी सहभागी भएका थिए जसमा एमसी स्टान र शिव बाहेक प्रियंका चाहर चौधरी, अर्चना गौतम र शालिन भनोट थिए। प्रियंका चाहर चौधरी टप ३ मा पुगेपछि बाहिरिएकी थिइन्।

शोको फाइनलमा सलमानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसकी जान’ को गीत ‘नाइयो लग्दा’ सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय