काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले पराजित गरेकाे छ ।
आफ्नै मैदानमा साेमबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र कोडी गाक्पोले १–१ गोल गरेका हुन् । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लिभरपुललाई साेमबार रातिको जितसँगै केही राहत मिलेको छ ।
लिगमा २१ खेलबाट ३२ अंक जोडेको लिभरपुल अंक तालिकाको नवौं स्थानमा रहेको छ । एक खेल बढी खेलेको चेल्सी ३१ अंकसहित दशौं स्थानमा रहेकाे छ । तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलको ५१ अंक रहेकाे छ ।
४८ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो तथा ४६ अंक जोडेको म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा रहेका छन्।