काठमाडौं। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराएको छ।नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा र्गयो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए। बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकोल लोफ्टी–एटनले २ विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो। नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए।
१ सय ३७ बलको सामना गरेका लिगेनले ९ चौका र ५ छक्का प्रहार गरे। एकदिवसीयमा उनको यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो। यस्तै कप्तान गेरहार्ड इरासमसले ५६ र जेन ग्रीनले ३४ रन बनाए। बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १र१ विकेट लिए।