अहिलेको अवस्था परिवर्तन हुन पनि सक्छ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका छन्। काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसद्को बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे। देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने भन्दै उनको भनाइ छ।

‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौँ उत्तारचढाव देखेका छौँ, फेरि पनि आउँछन् उत्तारचढाव आउँछ,’ अध्यक्ष ओलीले भने, ‘अहिले साथीहरू काफी प्रसन्न भएको देख्छु। हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो।

कथंकदाचित यो अवस्था फेरियो भने, संसद्को बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ। संसद्मा हाम्रो बहुमत छैन। अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय