एजेन्सी । च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब एसी मिलानले इंग्ल्याण्डको टोटनह्यामलाई हराएको छ ।
मंगलबार राति भएको खेलमा मिलानले टोटनह्यामलाई १–० ले हराएको हो ।
आफ्नै मैदानमा मिलानलाई विजयी गराउन ब्राहिम डियाजले निर्णायक गोल गरे । उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए ।
अब दोस्रो लेग टोटनह्यामको मैदानमा ८ मार्चमा हुनेछ ।