प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा आज सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेशमा आज बुधबार सार्वजनिक बिदा दिइएको छ। प्रदेश स्थापना दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो।

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउँदैछ। लुम्बिनीको पहिलो प्रदेश सरकार २०७४ साल फागुन ३ गते बनेको थियो। प्रदेश स्थापना दिवसको अवसरमा सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा उनले शून्य संरचनाबाट शुरु भएको प्रदेश स्थापनाको यो अवधिमा प्रदेश सभा र सरकारले केही गति लिएको अनुभूति हुन थालेको उल्लेख गरेका छन्।

लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम ९पूर्वी भाग० रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया गरी १२ वटा जिल्ला रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय